×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

किर्ते बैंक ग्यारेण्टी बनाउने अपराधमा संलग्न ‘खुरापाती’ मन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश !

काठमाण्डौ । कृषि बिकास बैंक लिमिटेडको किर्ते बैंक ग्यारेन्टी बनाउने अपराध गर्ने मन्त्रीलाई अदालतले पक्राउ गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । 
न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । 
मन्त्रीसहितको यो समूहले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको प्रमाणित भएसँगै मन्त्रीका दिन बिग्रिन सुरु भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: