×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रवि लामिछानेलाई अदालतको अनौठो आदेश,’सिधा कुरा जनतासँगमा शालिकरामको कुरा नगर्नू’

भरतपुर । रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत चितवनले उनलाई रिहा गर्ने आदेश दिएको हो ।उनको रिहाइपछि चितवन उल्लासमय बनेको छ । उनी आजै काठमाडौँ फर्कंदै छन् । केहि दिन अघि उनलाई प्रहरीले पक्राउ गरेको थियो । न्यूज २४का पत्रकार नवराज पाण्डेले उनको रिहाइको पुष्टि गरेका छन् । न्यूज २४ का अर्का पत्रकार महेश्वर केसीका अनुसार उनी धरौटीमा रिहा भएका हुन् । उनी ५ लाख धरौटीमा रिहा भएका हुन्। यस्तै युवराज कंडेललाइ ३ लाख धरैटीमा र अस्मितालाई सामान्य तारिखमा रिहा गर्न आदेश भएको हो । अदालतले उनलाई सिधा कुरा जनतासँग कार्यक्रम तत्काल नचलाउन पनि आदेश दिएको छ भने विदेश जाँदा अदालतमा खबर गर्न पनि भनेको छ । 

गत २० साउनमा चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव भेटिएको थियो । पुडासैनीको मोबाइलबाट मृत्युअघि खिचेको भिडियो सार्वजनिक भएपछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता भनिने रुकु कार्की पक्राउ परेका थिए ।
यता प्रहरीले रवि लामिछानेको सम्पत्ति भने छानविन गर्ने भएको छ । जिल्ला सरकारी वकिल कार्यालय, चितवनले अदालतमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा प्रहरीले तीनै जनाको सम्पत्ति खोजी गरिरहेको उल्लेख छ । 
‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यवहोरा समेत अनुरोध छ ।’ अभियोगपत्रमा उल्लेख छ । पत्रकारशालिकराम पुडासैनीले मृत्युअघि खिचेको भिडियोमा रविले ‘अवैध रुपमा करोडौं’ कमाएको भनिएको थियो । 
प्रहरीका अनुसार, लामिछानेको सम्पत्ति खोजी गर्ने क्रममा उनको बैंक खाता खोजिएको थियो तर, नम्बर प्राप्त नभएपछि राष्ट्र बैंकलाई पत्राचार गरिएको बताइएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: