×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गलत विवरण बुझाएमा कर छलि सरह नै कारवाही हुन्छ : अर्थमन्त्री युवराज खतिवडा ! (भिडियो रिपोर्ट)

काठमाडौं । स्वयम् कर घोषणा अन्तर्गत व्यक्तिले गलत विवरण बुझाएमा कर छलि सरह नै कारवाही हुने भएको छ । संसदीय समितिमा छलफलको क्रममा रहेको राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संसोधन ) विधेयक २०७५मा व्यक्तिले झुट्टा विवरण बुझाएको पाईएमा कर छली कसुर अनुसार नै कारवाही हुने व्यवस्था गरिएको हो । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आईतबारको बैठकमा अर्थमन्त्री युवराज खतिवडाले नागरिकलाई राज्यप्रति जवाफदेही र जिम्मेवार बनाउनका लागि स्वयम् कर घोषणा गर्न दिईएको तर त्यसमा झुटो विवरण भरेको पाईए कर छलि सरह अपराध ठहर भई कारवाही हुने बताउनुभयो ।

समितिले दण्ड सँजाय सम्बन्धी विधेयकमा उल्लेखित व्यवस्थामा पनि केही संसोधन गर्ने तयारी गरेको छ । कैदको समय धेरै राख्दा जेल भर्ने अभियान मात्रै हुने र राजश्व असुलीमा सकारात्मक भन्दा नकारात्मक प्रभाव पर्न सक्ने भन्दै ५० लाख सम्मको अधिकतम अंक तोकेर त्यसभन्दा बढी हुनेलाई बिगो बराबरको जरिवाना सहित कैदको व्यवस्था गर्न लागिएको हो ।

बैठकमा समिति सदस्यहरुले विधेयकमा जरिवाना र कैदको समय बढी भयो भन्दै संसोधन गर्नुपर्नेमा सुझाव दिएका थिए । उनीहरुले कसुर वापतको दण्ड सँजायको मात्रा ठुलो हुदैमा राजश्व असुली नहुने तर्क गरेका थिए ।हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: