×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंक अफ काठमान्डूको खुद नाफा ४६.७०% ले वृद्धि, १६%सम्म लाभांश दिन सक्ने क्षमता, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । बैंक अफ काठमान्डूले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा खुद नाफा ४६.७०% ले वृद्धि १ अर्ब ९३ करोड रुपैयाँ आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ३२ करोड नाफा गरेको थियो । 
असार मसान्तसम्ममा बैंकले ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरी ७१ अर्ब ७३ करोड कर्जा लगानी गरेको छ। जसबाट बैंकले ३ अर्ब ७७ करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको देखिन्छ । यस्तै बैंकले खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः २३.३८% र ४७.८१% ले वृद्धि गरेको सार्वजनिक भएको वित्तीय विवरण उल्लेख छ । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड छ । 
यस्तै बैंकको बैंकको मूल्य आम्दानी अनुपात १०.६० गुणा, आधार ब्याजदर ९.९८%, कोषको लागत ७.२६ %  र सीसीडि ७५.८ रहेको छ । यता बैंकको प्रतिसेयर नेटवर्थ गत वर्षको तुलनामा १६ रुपैयाँ १ पैसाले गिरावट आई १७३ रुपैयाँ ७२ पैसामा कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५८ पैसाले बढेर २४ रुपैयाँ ४ पैसा रहेको छ । 
बैंकको वितरणयोग्य मुनाफा १  अर्ब ३० करोड रहेको छ । जसबाट बैंकले सेयरधनीहरुलाई १६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: