×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकास्योरेन्स फिर्ता नगर्न पेशागत बीमा अभिकर्ता संघ अपरान्ह ३ बजे आन्दोलनको घोषणा गर्न बैठक बस्दै !

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ आन्दोलनको घोषणा गर्न बैठक बस्ने भएको छ । बीमा अभिकर्ताहरुको छाता संगठन पेशागत बीमा अभिकर्ता संघले बैंकास्योरेन्स फिर्ता नगर्न आन्दोलनको घोषणा गर्ने भएको हो । 
संघको केन्द्रीय कार्यालय पुतलीसडकमा आज दिउसो ३ बजे आन्दोलनको घोषणा गर्न बैठक बस्ने भएको छ । वाणिज्य बैंक र विकास बैंकहरुले बैंकास्योरेन्स फिर्ता गर्न केन्द्रिय बैंकलाइ अनुरोध गरिरहेका बेला बीमा अभिकर्ताहरुको संघ आन्दोलनमा जानुको बिकल्प नरहेको बताईएको छ । बैंकहरुले बीमा अभिकर्ताहरुको पेशा नै खोसिने गरी बीमा अभिकर्ताको काम गर्न थालेपछि बिमामा विकृति भित्रिएको समग्र बिमा क्षेत्रले नै महासुस गर्दै आएको  थियो । 
यता केन्द्रिय बैंकले बैंकमार्फत बिमा गर्न नपाइने व्यवस्था गरेसंगै बैकर्स संघ र डेभलपमेन्ट बैकर्स एसोशिएसनसमेत सो व्यवस्था हटाउन माग गर्दै आन्दोलन गरिरहेका छन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: