×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिज्ञापन सप्ताह-१ : यी हुन् चोरिएका १० नेपाली विज्ञापन, रवि लामिछानेलाई पनि कि एडभर्टाईजिङले फसायो (भिडियो)

काठमाडौँ । नेपाली सञ्चार इतिहासमा पहिलोपटक अर्थ सरोकार डटकमले ‘विज्ञापन साप्ताह २०७६’ प्रस्तुत गर्दैछ । र अवको ७ दिन हरेक दिन हामी विज्ञापन क्षेत्रका सकारात्मक पाटो र विकृतिको उजागर गर्दैछौं । सोहि अनुरुप आजको अंकमा हामी चोरीका विज्ञापनबारेको तथ्य प्रस्तुत गर्दैछौं । जहाँ विज्ञापन एजेन्सीले बदमासी त गरेका छन् नै, रवि लामिछानेजस्ता चर्चित पत्रकार पनि फसेका छन् ।  र आज बिज्ञापन सप्ताह २०७६को पहिलो अंक र आजको अंकमा हामी चोरिएका विज्ञापनहरूबारे तथ्य प्रस्तुत गर्दैछौँ ।

चोरीएका १० विज्ञापनका तथ्य !
खुब राम्रो एनिमेसन गरेर बनाइएको बिज्ञापन भनेर नेपाली बजारमा वाहवाहि पाएको ब्रिज सिमेन्टको बिज्ञापन एक भारतीय बिज्ञापनबाट अलि अलि होइन हुबहु चोरीएको पाइएको छ । यतिसम्म कि बिज्ञापनमा प्रयोग गरिएका शब्द, संगीतमात्र होइन, एनिमेसन र एनिमेसनमा प्रयोग भएका नृत्यका स्टेपहरु पनि हुबहु चोरीएको छ । भारतमा उत्पादन हुने सागर सिमेन्टको बिज्ञापनबाट नेपालको ब्रिज सिमेन्टको विज्ञापन हुबहु चोरीएको हो । त्यो पनि अलिअलि होइन पूरै चोरी । केहि समय अगाडी नेपाली टेलिभिजनहरुमा खुब बज्ने विज्ञापन हो- लक्ष्मी स्टिल्सको विज्ञापन । भारतको बुलन्द टिएमटि को बिज्ञापनको शब्द, संगीत र कतिपय शटहरुसमेत चोरेर यो बिज्ञापन बनाइएको छ । कुनै बेला चाडबाडका बेला टेलिभिजनमा खुब बज्ने, यो विज्ञापन हो डीस होमको । नेपाली बजारमा खुब चर्चा पाएको डीस होमको बिज्ञापन भारतीय एक गीतबाट चोरीएको छ ।
पोषक पेलेट दानाको विज्ञापन पनि चोरीको विज्ञापन हो । जुन विज्ञापन पनि एक भारतीय विज्ञापनबाट हुबहु चोरी गरिएको छ । भारतीय फोर्स गाडीको विज्ञापनलाइ नेपालमा पेलेट दानाको विज्ञापन बनाएर यसरी नेपालीहरुलाई चोर बनाएको छ विज्ञापन एजेन्सीले । यो बिज्ञापन फोर्स सिमेन्टको हो । जुन बिज्ञापनले त यो बिज्ञापन बनाउनेहरु कतिसम्म सिर्जनाहीन रहेछन भन्ने देखाउँछ। एक विदेशी सिमेन्ट टुइगा सिमेन्टको विज्ञापन हुबहु चोरेर नेपाली फोर्स सिमेन्टको विज्ञापन बनाइएको छ । कुनै बेला नेपालका टेलिभिजनहरुमा खुब बज्ने अर्को विज्ञापन हो- नानो चाउचाउको विज्ञापन । यो विज्ञापन श्रीलंकाको कोकाकोलाको विज्ञापनबाट चोरिएको छ। श्रीलंकाको कोकाकोलाको विज्ञापनलाई हुबहु चोरेर नेपालको विज्ञापन बनाइएको छ ।
एनिमेसनको खुब चर्चा भएको र केहि बर्ष अगाडीसम्म खुब बज्ने ऋद्धि सिद्धि ज्वेलर्सको बिज्ञापन पनि चोरीको विज्ञापन हो । यो बिज्ञापन पनि अलि अलि होइन, पूरै चोरीको विज्ञापन हो । भारतको स्टोरको विज्ञापनलाइ नेपालमा ऋद्धि सिद्धि ज्वेलर्सको विज्ञापन बनाइएको छ । जगदम्बा सिमेन्टको  खुब चलेको विज्ञापन ‘मेरो देश मेरो जगदम्बा’ को अगाडीको एक अंश हेर्नुहोस् । यो बिज्ञापन पनि पूरै नभएपनि अलि अलि चाहिं चोरिएको छ । पाकिस्तानको एचबिएल सिमेन्टको संगीत र अगाडीको दृश्य कन्सेप्ट चोरेर बिज्ञापन बनाइएको छ ।
रवि लामिछाने पनि फसे ! कि एडभर्टाईजिङले फसायो !
पछिल्लो समय चर्चित संचारकर्मीलाइ मोडलिङ गराएर बनाइएको विज्ञापन हो श्री स्टिल्सको विज्ञापन । तर यो विज्ञापन पनि चोरीको विज्ञापन हो । भारतीय विज्ञापनमा ६ गुण राखिएको विज्ञापनलाई नेपालमा ८ को दम भनेर आफुले पनि मिलाएजस्तो गरी, ठ्याक्कै दुइ विज्ञापनलाइ हेरेर नेपालीकरण गरिएको छ । यो विज्ञापन चोरीएको भएपनि हुबहुचाहिं यसकारण भएन होला कि यो बिज्ञापन हाल बिज्ञापन एजेन्सी संघ (आन)का अध्यक्ष रहेका शशि अध्यक्ष नै भएको विज्ञापन एजेन्सी कि एडभरटाईजीङले बनाएको हो । अव हुबहु, वा अलि अलि होइन कन्सेप्ट चोरीको यो बिज्ञापन हेरौं । कुनै बेला हास्य टेलि सिरियल पिक आवरमा रहंदा बनेको विज्ञापन हो यो- शालिमार सिमेन्टको । तर यो विज्ञापनको कन्सेप्ट एउटा भारतीय बिज्ञापनबाट लिइएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: