×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत गर्न विकास समितिको निर्देशन, विनाअध्ययन जभाभावी सडक निर्माण गरेको निस्कर्ष (भिडियो)

काठमाडौँ । संसदीय समितिले बर्षात कारण क्षतिग्रस्त सडक तथा पुलहरुको मर्मत, सम्हार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको विकास तथा प्रविधि समितिको आईतबार सिंहदरबारमा बसेको बैठकले बर्षातका कारण क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माणको काम तत्काल सुरु गर्न सरकारलाई निर्देशन दिएको हो । 
वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले क्षतिग्रस्त बनाएको सडक र पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो । त्यसैगरी बैठकले संघ, प्रदेश र स्थानीय तहमा वर्गीकरण गरिएका क्षतिग्रस्त सडक तथा पुलहरुको जीर्णोदार तथा पुनर्निर्माण कार्य कसले बनाउने भन्ने अन्यौलता अन्त्य गरेर यथाशिघ्र ती सडकहरुको पनि निर्माण कार्यलाई तीव्रता दिन पनि सरकारलाई सचेत गराएको छ । सभापति खड्काले दसैं, तिहार, छठजस्ता चाँडपर्वलाई समेत ध्यानमा राखेर वर्षात्ले क्षति पु¥याएका सडक तथा पुलहरु पूर्ण रुपमा संचालनमा ल्याई नागरिकलाई सहज यातायातको प्रत्याभूति दिलाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको बताउनुभयो ।
समितिले विनाअध्ययन जभाभावी सडक निर्माण कार्य सुरु गरेको पाइएको उल्लेख गर्दै राज्यको स्रोत, साधनको दुरुपयोग हुन नदिन र वातावरण विनाश हुन नदिन पनि त्यस्ता गतिविधि तत्काल रोक्न पनि सरकारलाई निर्देश गरेको छ ।
बैठकमा समितिका सदस्यहरुले संघ, प्रदेश र स्थानीय सरकारको हानाथापका कारण वर्षाले क्षति पुर्याएका सडक तथा पुल निर्माणको काम अघि बढन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य, प्रभु साहले तीन वटै तहको हानाथापका कारण क्षतिग्रस्त पुल तथा सडकको जीर्णोदार तथा पुनर्निर्माण कार्य अघि बढन नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्षाले क्षति पुर्याएका सबै सडक तथा पुलहरुको मर्मत, सम्हार र पुनर्निर्माणको कामको जिम्मेवारी सरकारले लिने जवाफ दिनु भएको थियो । उहाँले प्रदेश र स्थानीय तहको कार्य क्षेत्रमा परेका सडक तथा पुलहरुको निर्माणका लागि सम्बन्धित प्रदेश र स्थानीय सरकारसँग सहकार्य भईरहेको र त्यस्ता सडक तथा पुलहरुको निर्माण कार्यले छिट्टै गति लिने विश्वास पनि समितिलाई दिलाउनु भएको थियो ।
बैठकमा मन्त्री महासेठले सडक डिभिजन अन्तरगत वर्षात्का कारण ४५ वटा पुलमा क्षति भएको र त्यसको मर्मत, सम्हार र निर्माणका लागि करिव ४७ करोड ३४ लाख बजेट लाग्ने जानकारी पनि समितिलाई गराउनु भएको थियो ।
गत असार २६ गतेबाट लगातार ३ दिनसम्म आएको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मुलुकमा मानवीय क्षति समेत हुन पुगेको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: