सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेण्टी सुविधा दिने

काठमाडौँ - सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टी सुबिधा प्रदान गर्ने भएको छ ।

मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५ फागुन १९ गते गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको हो ।

बैंकले एक करोड पचास लाख रुपैयाँको बैंक ग्यारेण्टी पाँच बर्षको लागि जारी गर्ने जनाएको छ । नगद मार्जिन २० लाख र कमिशन ४ लाख रुपैयाँको सुविधा प्रदान गरिने छ ।

साथै, बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि दिइरहेको जनाइएको छ ।

उक्त सुबिधा दिने निर्णयपछि वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : Thursday, August 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal