छिमेक लघुवित्तको खुद नाफा ३८.६८% ले वृद्धि, प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा !

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३८.६८% ले वृद्धि गरी ९२ करोड ७ लाख १२ हजार रुपैयाँ कमाएको वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले अघिल्लो वर्षमा ६६ करोड ३८ लाख ९६ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 

सार्वजनिक विवरण अनुसार संस्थाले यो त्रैमाससम्म १५ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ७५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस्तै संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार आएको छ । यी दुई सूचक क्रमशः १५.५६%र ४३.६६% ले वृद्धि भएको छ । 

हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १ अर्ब ६३ करोड ९० लाख रुपैयाँ जम्मा भएको छ । त्यसैगरी संस्थाको प्रतिसेयर आम्दानी ७८ रुपैयाँ ०३ पैसा छ भने  प्रतिसेयर नेटवर्थ २३८ रुपैयाँ ९१ पैसा रहेको विवरणमा उल्लेख छ ।
प्रकाशित मिति : Sunday, August 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal