×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको बयान सुरु !

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेलको जिल्ला अदालतमा बयान सुरु भएको छ । आज (सोमबार) दुई जनाको बयानपछि थुनछेक बहस हुने बताईएको छ । साथै थुनछेक वहसका आधारमा उनीहरुलाई थुनामा राख्ने धरौटी वा साधारण तारेखमा छाड्ने निर्णय हुनेछ । सरकारी वकिलको कार्यालयले आरोपी तीनै जना लाई हिजो नै अदालतमा पेश गरेको भए पनि अस्मिता कार्की (रुकु) को मात्रै बयान भएको थियो । 
आत्महत्या दुरुत्साहनको अभियोग प्रमाणित भएमा ५ बर्षसम्मको कैद र ५० हजार जरिबाना हुने कानुनी व्यवस्था छ । यसै बीच जिल्ला प्रशासन कार्यालय चितवनको भरतपुर महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा समेत जारी गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: