×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कोकाकोलाको जिग्री प्याक बजारमा, मूल्य ४० रुपैयाँ ! (भिडियो रिपोर्ट)

काठमाडौँ । हल्का पेय पदार्थ कोकोकोलाको नयाँ प्याकेजिङ्ग सहित सानो बोतलमा जिग्री प्याक बजारमा आएको छ । नेपलको लागि कोकोकोलाका अधिकृत विक्रेता बोटलर्स नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नयाँ २ सय ५० एम एलको जिग्री प्याक सार्वजनिक गरेको हो । नयाँ बोतल हलुका तथा बोक्नलाई सहज प्याकको रुपमा बजारमा आएको बोटलर्स नेपालले बताएको छ । 
जिग्री प्याकको आगमन संगै कोका कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् । आईतबारबाट नेपाली बजारमा आउन लागेको जिग्री प्याक पेयपदार्थको मूल्य कम्पनीे हालका लागि ४० रुपैयाँ रहेको छ । जिग्री प्याक कोकोकोला, स्प्राईट तथा फेन्टाको फ्लेवरमा उपलव्ध हुने कम्पनीले जनाएको छ । बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले कम्पनीले जिग्री प्याकमा उद्योगको सबैभन्दा नवीनतम प्रविधि प्रयोग गरेको जानकारी दिनुभयो । कम्पनीले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात विश्वभरमा यस क्षमताको हिसाबले नेपानल तेस्रो देश हुने पनि जनाएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: