×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२.७२ प्रतिशतले खुद नाफा बढेको देवः विकास बैंकको प्रतिसेयर आम्दानी घट्यो, लाभांश क्षमता कति ?

काठमाडौँ । देवः विकास बैंकले पनि गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार यस अवधिसम्म आउदा बैंकको नाफा सामान्य अंकले मात्र बढेको छ । बैंकले खुद नाफा २.७२% ले वृद्धि गरी ३८ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिमा बैंकले ३७ करोड ८८ लाख खुद मुनाफा कमाएको थियो ।
यस्तै २१ अर्ब ७८ करोड १९ लाख निक्षेप संकलन गरेको बैंकले २० अर्ब ७ करोड ७४ लाख कर्जा लगानी गरेको विवरणमा उल्लेख छ । बैंकको वितरणयोग्य मुनाफा ४७ करोड ६३ लाख रहेको छ । जस अनुसार बैंकले सेयरधनीलाई ८ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता रहेको छ । 
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १७ करोड ७१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४८ करोड ५९ लाख रुपैयाँ रहेको छ । यता बैंकको खुद ब्याज आम्दानी ३४.४७ प्रतिशतले बढेर ९२ करोड ८६ लाख पुगेको छ । 
यता बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । अघिल्लो वर्ष १४.९५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष सामान्य अंकले घटेर १२२५ रुपैयाँमा झरेको छ । यस्तै बैंकको ब्याजदर अन्तर ४.८३ प्रतिशत र सीसीडि ७६.८६ प्रतिशत रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: