×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

गण्डकी विकास बैंक लिमिटेडको खुद नाफा २४.८७% ले वृद्धि हुँदा अन्य महत्वपूर्ण वित्तीय सूचकको अवस्था कस्तो ?

काठमाडौं । गण्डकी विकास बैंकको आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वितीय विवरण प्रकाशित भएको छ । बैंकले यो अवधि सम्म आइपुग्दा खुद नाफा २४.८७% वृद्धि गरी ६० करोड ३७ लाख ७२ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष बैंकले ४८ करोड ३५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 
यस्तै बैंकको २२ रुपैयाँ २३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ६९ पैसा रहेको छ । बैंकको वितरणयोग्य नाफा ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ । जसबाट बैंकको १७ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता रहेको छ । 
असार मसान्तसम्म २९ अर्ब ९२ करोड ८७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २५ अर्ब ६४ करोड १ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ । यस्तै बैकको खुद ब्याज आम्दानी २६.६४% ले बढेर १ अर्ब ३१ करोड ७८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा पनि २३.४५% ले बढेर ८६ करोड २५ लाख ३२ हजार रुपैयाँ पुगेको सार्वजनिक गरेको विवरणमा उल्लेख  छ । 
बैंकको चुक्ता पुँजी २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५६ करोड ८८ लाख रुपैयाँ जम्मा गरेको छ । आधार ब्याजदर ११.१४ प्रतिशत, कोषको लागत ८.६८ प्रतिशत, पुँजी पर्याप्तता अनुपात १६.८४ प्रतिशत, ब्याजदर अन्तर ४.९३ प्रतिशत र सीसीडि ७६.१ प्रतिशत रहेको विवरणमा उल्लेख छ  । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: