×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्योति विकास बैंकको नाफा ५० करोड ८१ लाखमाथि, १३ प्रतिशतसम्म लाभांश बाड्न सक्ने क्षमता !

काठमाडौँ । ज्योति विकास बैंक ५० करोड ८१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा आर्थिक बर्ष ०७४/७५ को तुलनामा ४६.३४ प्रतिशतले धेरै हो । आर्थिक बर्ष ०७४/७५ को चौथो त्रैमासमा बैंकले ३४ करोड ७२ लाख खुद मुनाफा कमाएको थियो ।
यस्तै आर्थिक वर्ष २०७५/७६ चौथो त्रैमास सम्म पुग्दा बैंकको वितरणयोग्य नाफा ४१ करोड ८५ लाख रहेको छ ।  जस अनुसार सेयरधनीहरुलाई १३ प्रतिशतसम्म लाभांश दिन सक्ने क्षमता रहेको छ । यस्तै २९ अर्ब २३ करोड ८९ लाख निक्षेप संकलन गरेको यस बैंकले २४ अर्ब ६० करोड २५ लाख कर्जा लगानी गरेको छ । 
साथै बैंकले खुद ब्याज आम्दानी ६०.४६ प्रतिशतले बढाएर १ अर्ब २९ करोड ५० लाख पुर्याएको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३४ करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ १३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ सय २७ रुपैयाँ २८ पैसा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: