×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मरोस् भनेर कामना गर्नेहरूलाई प्रधानमन्त्री ओलीले भने ‘अझै १५ वर्ष अखडामा हुन्छु’ ! (भिडियो रिपोर्ट)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले वृहत्तर राष्ट्रिय आकांक्षालाई सम्बोधन गरेको बताउनुभएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोह समितिको बुधबार गृहमन्त्रालयमा बसेको बैठकमा उहाँले संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको बताउनुभएको हो । विभिन्न किसिमका स्वार्थहरुको टकरावका कारण सबैको चाहाना पुरा हुन नसकेको उल्लेख गर्दे उहाँले जिद्धी र अडानलाई छोडेर तर्कहरुलाई संविधानले सम्मान गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो “संविधानले वृहत्तर राष्ट्रिय हित, राष्ट्रिय आकांक्षा र राष्ट्रिय आवश्यकतालाई सम्बोधन गरेको छ । जिद्धीहरुलाई होइन तर्कलाई संविधानले सम्मान गरेको छ । यो संविधान विगतका संघर्षहरुको गौरवको, इतिहासको, बलिदानको, उपलब्धिको संग्रह हो । ”
उहाँले ठूलो बलिदानी र विभिन्न पक्षहरुको योगदान र तपस्यापछि मात्रै उपलब्धिको निचोडको रुपमा संविधान प्राप्त भएको उल्लेख गर्दै यस कार्यमा सहभागी संबैले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिनुभयो ।
जनताको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधानको खुसीयाली सिमित घेरामा मात्रै मनाउनु उपयुक्त नहुने भन्दै उहाँले राष्ट्रिय महोत्सवको रुपमा जनसहभागीताका साथ व्यापक र भव्यरुपमा मनाउनका लागि आवश्यक तयारी गर्न निर्देशन पनि दिनुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका बारेमा बाहिर आईरहेका चर्चा परिचर्चा खण्डन गर्दे विरोधीलाई चुनौतिपुर्ण जवाफ दिनुभयो । विरोधीले आफुलाई मरिहालोस् भनेर प्रचार गरेको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनमा अस्तित्व रक्षाका लागि तयारी थाल्न चुनौति दिनुभयो । उहाँले आफू अझै १५ बर्ष मैदानमै रहने उद्घोष पनि गर्नुभयो । 
उहाँले भन्नुभयो “अचम्म लाग्छ । विरोधीहरु कति कमजोर भएछन् भने । ऊ बाँचोस् तै पनि मुकाविला गर्छु भन्ने छैन । मरिहाले देखी हुन्थ्यो भनेर । मलाई यस्ता प्रवृत्तिसंग केही भन्नु छैन । मरिगए हुन्थ्यो भन्ने चाहनेलाई आउँदो चुनाव पनि सामना गर्न तयार भएर बस्न भन्न चाहन्छु । आउँदो चुनाव टफ हुनेछ । अस्तित्व रक्षाको लडाई अहिले देखि नै सुरु गरे हुन्छ । यो मैले किन भनेको भनेँ, मरिहालोस् भनेर खुब प्रचार गर्या हुनाले फेरी निरास होलान् पछि भनेर । धेरै निरास नहुन् भनेर । अझै १५ बर्ष अखडामा हुन्छु । त्यसकारण पूजा अर्चना , प्रार्थना गरेर केही हुन्छ भने त्यो गर्न दिने मेरो विचार छ । ”
केही दिन अघि सिंगापुर गएर स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका प्रधानमन्त्री ओली विहिबार फेरी उपचारका लागि नै सिंगापुर जादैहुनुहुन्छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: