×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ललितपुर महानगरले ल्यायो ‘बीउ एटिएम’ संचालनमा, तरकारी तथा फलफूलको बीउ एटिएमबाट खरिद गर्न पाइने ! (भिडियो)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

ललितपुर महानगरले ल्यायो ‘बीउ एटिएम’ संचालनमा, तरकारी तथा फलफूलको बीउ एटिएमबाट खरिद गर्न पाइने ! (भिडियो)

काठमाडौँ । ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ पनि संचालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले सहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटिएममार्फत् उपलब्ध गराउने गरी सो एटिएम संचालनमा ल्याएको हो । आईतबार ललितपुरमा एक कार्यक्रममा बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको पनि उद्घाटन गर्नु भएको हो । उहाँले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत विउ विजन वितरणका लागि बीउ एटिएमको पनि व्यवस्था गरिएको स्पष्ट पार्नुभयो । त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत विउ पाउने व्यवस्था एटिएममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटियममा गरिएको छ ।
ललितपुर महानगरपालिकाले ‘पानी एटिएम’ पनि संचालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीन वटै तह मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनु भयो । 
ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो मेशिनको सेवा सबै वडामा संचालनमा ल्याउने तयारी पनि गरेको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: