×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकको खुद नाफा ७१% बढ्यो, १७% सम्म लाभांश बाड्न सक्ने क्षमता, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा ५५ करोड ८३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ७१.८०% ले धेरै हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले ३२ करोड ४४ लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ४१.९७% र ६६.६८% ले वृद्धि भएको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको वितरण योग्य नाफा २८ करोड ५१ लाख ९ हजार रुपैयाँ रहेको हुनाले आफ्ना सेयरधनीहरुलाई १७ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ । 
हाल यस बैंकको चुक्ता पुँजी २ अर्ब २० करोड ९७ लाख ६६ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्ममा आइपुग्दा बैंकले २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २१ अर्ब १६ करोड कर्जा परिचालन गरेको छ । 
बैंकको जगेडा कोषमा १ अर्ब ७१ करोड रुपैयाँ जम्मा भएको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ २२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ०६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: