×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजना सम्झौता ‘राष्ट्रहित’ विपरीत (भिडियो रिपोर्ट)

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले माथिल्लो कर्णाली जलविद्युत् परियोजनामा राष्ट्रहित विपरित सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । पुष्पलाल मित्रता केन्द्रले सोमबार राजधानीमा गरेको माथिल्लो कर्णाली र बुढी गण्डकी परियोजनामा राष्ट्रहितको संरक्षण सम्बन्धी बहसमा बोल्दै नेताहरुले सरकारले राष्ट्रिय स्वाधिनतामाथि नै खेलवाड गर्ने काम गरेको धारणा राखेका हुन् । टाट पल्टिएको भारतीय कम्पनी जिएमआरलाई माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको निर्माण सम्झौता नेपालको अहितमा रहेको भन्दै उनीहरुले जिएमआरलाई म्याद थप नगर्न सुझाएका छन् । नेकपा नेता भीम रावलले जिएमआरले नेपाललाई जुनसुकै जरिवाना गराउन सक्ने गरी राज्य तल परेर निर्माण सम्झौता गरिएको दाबी गर्नुभयो ।
वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि योजना समर्थन गर्न नसकिने भन्दै माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका बारेमा उठेका सम्पुर्ण प्रश्नको सरकारले जवाफ दिनुपर्ने बताउनुभयो । उहाँले सानालाई कारवाही र ठुला तथा विदेशी कम्पनीलाई छुट दिने विषय आफुहरुलाई स्वीकार्य नहुने भन्दै उहाँले यस सम्बन्धमा सरकारले ध्यान दिनुपर्ने  धारणा राख्नुभयो ।
कार्यक्रममा देशभक्त गणतान्त्रिक मोर्चाका संयोजक सिपी गजुरेलले जिएमआरलाई म्याद थप गरियो भने त्यस विरुद्ध नेपाली जनता आन्दोलनमा उत्रने चेतावनी दिनुभयो । उहाँले राष्ट्रिय स्वाधिनतामाथि खेलवाड गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले वर्तमान सरकारले कम्युनिष्ट शब्दलाई नै बदनाम गर्ने काम गरेको आरोप पनि लगाउनुभयो । सरकारमा रहेका नेताहरबाट राजनीतिक समस्या समाधान भयो भन्ने अभिव्यक्ति आएकोमा आपत्ती जनाउदै उहाँले राजनीतिक परिर्वतनका लागि अझै अर्को आन्दोलन र क्रान्ति आवश्कय रहेको दाबी गर्नुभयो ।
माथिल्लो कर्णाली बचाऔ राष्ट्रिय अभियानका अध्यक्ष भरत बहादुर शाहीले माथिल्लो कर्णाली परियोजना निर्माणको जिम्म जिएमआरलाई दिनु नेपाल र नेपालीका लागि दुर्भाग्य र राष्ट्रघात भएको बताउनुभयो ।
नेपालका राष्ट्रिय गौरवका आयोजनाहरु मध्ये माथिल्लो कर्णाली जलविद्युत् परियोजनाका नेपालसंगै भारत र बंगलादेशको पनि चासो रहदै आएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: