×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार पुग्यो, एक वर्षमा मात्रै ३२ लाख ६१ हजार ग्राहक थपिए !

काठमाडौं । नेपालभर मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या असार मसान्तसम्ममा ८३ लाख ४७ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख ८६ हजार रहेको केन्द्रिय बैंकको तथ्यांक छ भने १ वर्षको अवधिमा ३२ लाख ६१ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् ।
पछिल्लो समय  मोबाइल बैंकिङलाई ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्वपूर्ण माध्यमको रुपमा रहेको छ । हाल बैंकिङ क्षेत्रमा मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड जस्ता प्रविधिले बैंकको लागत पनि घटेको छ । 
मोबाइल बैंकिङको सुरुवात सन् २००५ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट भएको बताइएको छ । नेपालमा सन् २००९ मा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गरेको थियो भने २०१४ मा ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो । 
जानकारहरूका अनुसार विस्तारै मान्छेहरूले विविन्न प्रविधिको विकास हुँदै जाँदा बिस्तारै मानिसहरु क्यासलेसमा विश्वास गर्न थालेको जानकारहरू बताउँछन । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: