×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेशनल लाइफ इस्योरेन्सको बीमा शुल्क २७.१८% ले बढ्यो, खुद नाफा ३३ करोडमाथि, अन्य सूचकको अवस्था यस्तो !

काठमाडौं । नेशनल लाइफ इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।  यस अवधि सम्म आइपुग्दा कम्पनीले खुद नाफा १२.७३% ले वृद्धि गरी ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ कमाएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २९ करोड ८३ लाख ५९ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । 
यता यस अवधि सम्म पुग्दा कम्पनिको बीमा शुल्क २७.१८% ले बढेको छ । कुल बीमा शुल्क ७ अर्ब ८० करोड २ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीको चुक्ता पुँजी ८१.६०% ले बढेर ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुगेको छ । साथै जगेडा कोष पनि ८१.२४% ले वृद्धि भएको छ । 
यद्यपि कम्पनीको अन्य सूचक वृद्धि भएतापनि प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ । यस अवधि सम्म पुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८४ पैसाले घटेर ११ रुपैयाँ १८ पैसामा कायम भएको छ । गत वर्ष को सोहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २ पैसा थियो । यस्तै, प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ५५ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: