×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुल्मीको शान्तिपुरमा नेपाल बैंकको शाखा पुनस्र्थापना

गुल्मी

काठमाडौँ – गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, शान्तिपुरमा नेपाल बैक लिमिटेड शान्तिपुर शाखा पुनस्र्थापना गरिएको छ । उक्त शाखाको नेपाल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष वासुदेव अधिकारी र चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्रीले एक समारोहका बीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
सो अवसरमा बैंक संचालक समितीका अध्यक्ष वासुदेव अधिकारीले नेपाल बैंक लिमिटेडको समग्र अबस्थाबारे प्रकाश पार्दै नेपाल बैंक नविनतम प्रविधिहरुको अधिकतम उपयोग गर्दै ग्राहकमुखी बैंकिङ अभ्याससहित अघि बढिरहेको वताए । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोण बहादुर खत्रीले आफनो गाउँपालिकामा बैंक पुनस्थपित भएकोमा प्रशन्नता व्यक्त गर्दै यसबाट गाउपालिकाको आर्थिक गतिविधिमा तिव्रता आउने वताए ।
यसैगरी नेपाल बैंकको प्रादेशिक कार्यालय प्रदेश नं.५का प्रमुख पाशाङ दोर्जे शेर्पाले केही समयमै गुल्मीको तम्घास, अर्र्घाखाँचीको सन्धिखर्क लगायतका स्थानमा शाखा तथा गुल्मीको रिडीमा एक्सटेन्सन काउन्टर र शान्तिपुर शाखामा छिटै एटीएम सेवा संचालनमा ल्याउन लागिएको जानकारी दिए । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ती सुरक्षाका कारण अन्यत्र गाभिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: