×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सुरु गर्यो हाड्रोपावरमा लगानी !

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी गर्न सुरु गरेको छ । नेपालकै पहिलो पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर बैंकले स्थापना भएको  ५ महिनामा कास्कीको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गर्न सुरु गरेको हो । 
बैंकले हिमालयन बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको सहकार्य र आफ्नो अगुवाइमा उक्त परियोजनाबाट लगानी सुरु गरेको हो । कुल परियोजना लागत ५ अर्व ८० करोड रुपैयाँ रहेको उक्त परियोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ ।
बैंकका अनुसार जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार र शिक्षा लगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुको पहिचान एवं आवश्यक अध्ययन सम्पन्न गरिसकेको र उक्त परियोजनाहरुमा निकट भविष्यमै लगानी विस्तार गर्ने योजना छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: