अनलाइनबाट सेयर कारोबार संख्यामा इतिहासमै नयाँ रेकर्ड कायम, बिहीबार मात्र १८ लाख कित्तामाथि सेयर किनबेच !

काठमाडौं । नेपालको पुँजी बजारको इतिहासमै साउन २३ गते अर्थात् बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत सबै भन्दा धेरै संख्यामा कारोबार भएको छ । नेप्सेले जारी कारोबार विवरण अनुसार उक्त दिन २९ हजार ४ सय ९६ वटा कारोबार भएको हो । सो दिन कुल ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँ बराबरको १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएको छ ।

बिहीबार रसुवागढी हाइड्रोपावर कम्पनी (कारोबार संख्याः १२५०९) र सान्जेन जलविद्युत कम्पनी (कारोबार संख्याः ११९९१) को सबैभन्दा बढी योगदान रहेको देखिन्छ । 

नेप्सेले रसुवागढी र सान्जेनको कारोबार संख्या ह्वात्तै बढेपछि अनलाइन प्रणालीमा नयाँ रेकर्ड कायम भएको बताएको छ । 
प्रकाशित मिति : Friday, August 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal