×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया र माछापुच्छ्रे बैंकको ७४ लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम म्याद !

काठमाडौँ । एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने (आज) भदौ ३ गते अन्तिम दिन रहेको छ । यी दुई बैंकले साउन ६ गतेदेखि ऋणपत्र निष्काशन गरेका थिए । एनआईसीले ४ अर्ब ४० करोडको बराबरको ४४ लाख इकाई ऋणपत्र निष्काशन गरेको थियो भने माछापुच्छ्रेले ३ अर्ब रुपैयाँ बराबरको कूल ३० लाख इकाई ऋणपत्र निष्काशन गरेको थियो । 
यता एनआइसीले ७ वर्ष अवधिको ‘एनआइसी एसिया डिबेन्चर २०८३।८४’ नाममा ऋणपत्र जारी गरेको हो । उक्त ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको थियो । एनआइसीको सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २२ लाख कित्तासम्म भर्न पाइनेछ भने १०.२५ प्रतिशत वार्षिक ब्याज दर पाइनेछ । यस्तै यस बैंकले निष्काशन गरेको कुल ऋणपत्रमध्ये १७ लाख ६० हजार कित्तामा सर्वसाधारणलाई खुल्ला गरेको थियो भने बाँकी २६ लाख ४० हजार कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थाहरुलाई खुलेको थियो । 
यस्तै माछापुच्छ्रे बैंकले १० वर्ष अवधिको ‘१०.२५% माछापुच्छ्रे डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गरेको हो । उक्त ऋणपत्र  बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरिएको थियो । १०.२५% ब्याज पाइने सो ऋणपत्र  न्यूनतम २५ कित्तादेखि अधिकतम ११ लाख ७० हजार कित्तासम्म भर्न पाइनेछ । यस्तै यस बैंकले  निष्काशन गरेको कुल ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि खुल्ला गरेको थियो भने बाँकी १८ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई खुलेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: