×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजनीतिक नेतृत्व नसच्चिएसम्म मुलुकमा सुशासन कायम नहुने निजामती कर्मचारी संगठनको भनाई ! (भिडियो रिपोर्ट)

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनलेराजनीतिक नेतृत्व नसच्चिए सम्म मुलुकमा सुशासन कायम हुन नसक्ने  बताएको छ । राजधानीमा सोमबार आयोजित पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष केदार प्रसाद देवकोटाले भ्रष्टाचार र समयमै काम सम्पन्न हुन नसक्नुमा सधै कर्मचारी प्रशासनलाई दोषारोपण गर्ने काम भएको भन्दै उहाँले आपत्ती जनाउनुभयो । उहाँले कर्मचारीलाई नियम विपरित कामका लागि निर्देशन दिने राजनीतिक नेतृत्व नै सच्चिनु पर्ने आवश्यकता औल्याउनुभयो । सरकारका मन्त्री, स्थानीय जनप्रतिनिधि लगायतले जेठ असारमा करोडौको काम गर्न निर्देशन दिने गरेको भन्दै उहाँले नियम विपरित काम गर्न नमानेपछि कर्मचारीलाई दोषारोपण गर्ने गरिएको दाबी गर्नुभयो । सार्वजनिक खरिद ऐन विपरित काम गर्न अस्वीकार गरेपछि नेतृत्वले कर्मचारी प्रशासनले काम गर्न दिएन भन्ने गरेको उल्लेख गर्दे उहाँले सबै भन्दा पहिले “पानीको मुहान नै सफा” हुनुपर्ने तर्क गर्नुभयो ।
उहाँले माघ फागुन भित्र गर्नुपर्ने काम असारमा गर्ने व्यक्तिहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नियमसंगत काम गर्ने लाई पुरस्कृत र नियम विपरित गर्नेलाई दण्डित गर्ने काम नभएसम्म सुशासनको क्षेत्रमा सधै प्रश्न उठिरहने बताउनुभयो ।
उहाँले नेपाल सरकारले दरवन्दी भन्दा बढी संख्यामा कर्मचारी समायोजन गरेकाले स्थानीय तहले हाजिरी नगराउँदा १ सय ५० बढी कर्मचारीहरु अलपत्र परेको बताउनुभयो । दरबन्दी श्रृजना गर्दा सम्बन्धीत नगरपालिका , स्थानीय तह र सरकारबीच समन्वय हुन नसक्दा समस्या भएको उहाँको तर्क थियो ।
पत्रकार सम्मेलनमा पेशागत महासंघ नेपाल संग आवद्ध निजामती कर्मचारीहरुको राष्ट्रिय स्तरको ट्रेड युनियन नेपाल निजामती कर्मचारी संगठनको यही भदौ ६ र ७ गते काठमाण्डौमा सम्पन्न छैठौँ बैठकले गरेका निर्णयहरु सार्वजनिक गरिएको थियो । बैठकले पेशागत हक हित लगायत विषयमा २९ बुँदे माग पत्र सार्वजनिक गर्दै सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: