×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि-ओम मर्जरमा लफडा, ओमलाई एनएमबिले हदैसम्म पेल्यो, सीइओलाई निकालियो !

काठमाडौं – एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको मर्जरमा लफडा भएको छ । यी दुई  बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेपनि कर्मचारी समायोजन लगायतका कुरामा यस्तो भएको हो । ओमका सीईओ विश्वमोहन अधिकारीले पनि एनएमबिमा स्थान पाएका छैनन् । 
हाल ओममा ४ सय भन्दा बढी कर्मचारी कार्यरत थिए । जसमा झन्डै ६ दर्जन कर्मचारीसहित सीइओ, म्यासेञ्जर, ड्राइभर र अन्य सपोर्टिङ्ग स्टाफलाई एनएमबिले बिदा गर्ने भएको हो । समायोजन भएकामध्ये पनि एनएमबिमा एक तह तल्लो पदको जिम्मेवारी दिईएको छ । 
ओमको डेपुटी सीईओ बुद्धि मल्ललाई एनएमबि हालका लागि चिफ म्यानेजरको पदको जिम्मेवारी दिने भएको छ भने केहि महिनापछि एसिस्टेन्ट जेनेरल म्यानेजर (एजीएम) दिने बताइएको छ । यता सोहि बैंकका अन्य व्यक्तिहरुले मल्ललाई अहिले नै एजिएम दिनुपर्ने अडान राख्दै आएका छन् । २ दर्शक भन्दा बढी बैंकिङ्ग क्षेत्रको अनुभव बटुका कारणले उललाई उक्त पदको जिम्मेवारी अहिले  दिनुपर्ने अडान राख्दै आएका हुन् ।  
गत जेठ २ गते यी दुई बैंकबीच मर्जरमा जाने सैद्दान्तिक सहमति हुनुका साथै मर्जरसम्बन्धी सम्झौतापत्रमा एनएमबिका तर्फबाट सञ्चालक प्रदिपराज पाण्डे र ओमका तर्फबाट सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरे का  थिए । ओममा १०० कित्ता सेयर भएका सेयरधनीले मर्जपछि एनएमबिको ७६ कित्ता मात्र सेयर पाउने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: