×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पर्यटनमन्त्रीको एक वर्षे कार्ययोजना सार्वजनिक, जेष्ठ नागरिकलाई हवाई भाडामा ५० छुट ! (भिडियो रिपोर्ट)

काठमाडौ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो एक वर्षे कार्ययोजनामा केहि महत्वपूर्ण योजना सार्वजनिक गर्नु भएको छ । मन्त्रि भट्टराईले आगामी ६ महिना भित्र युरोपियन युनियनको हवाई सुरक्षा चासोको सूचीबाट हटाउन आवश्यक सबै पुर्व शर्तहरु पुरा गर्ने योजना बनाउनु भएको छ । मन्त्रि भट्टराईले सार्वजनिक यो योजना आगामी फेबु्रअरी अर्थात् भ्रमण वर्ष सुरु भैसकेको अवस्थामा पुरा हुने छ ।
यस्तै मन्त्रि भट्टराईले अगाडी सार्नु भएको अर्को महत्वपूर्ण योजना भनेको २०२०को मार्चमा गर्ने योजना बनाइएको टुरिजम इन्भेस्टमेन्ट समिट हो । नेपालले सम्पन्न गरेको महत्वपूर्ण २ वटा पूर्वाधार लगानी सम्मेलनमा आशा गरे अनुसारको लगानी नआएको चर्चा चलिरहेको बेला यो सम्मेलनको आयोजना गर्नु चुनौती पूर्ण पनि छ ।
मन्त्रि भट्टराईले सार्वजनिक गरेको अर्को महत्वपूर्ण योजना भनेको ७० वर्षमाथिका जेष्ठ नगरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने कार्यक्रम ३ महिना भित्र लागु गर्ने योजना पनि हो । मन्त्रि भट्टराईले सार्वजनिक गर्नुभएका कार्यक्रमहरु सफलतापुर्वक सम्पन्न भए पर्यटन तथा नागरिक उड्डयन क्षेत्रले ठुलो फड्को मार्नेछ। हेर्नुहोस् भिडियो:

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: