×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विदेशिले लगानी नगरे आफै निजगढ विमानस्थल बनाउने पर्यटनमन्त्रीको घोषणा (भिडियो रिपोर्ट)

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थलको निर्माण गर्न अन्तराष्ट्रिय लगानी नजुटे सरकारले आफै लगानी गर्ने बताउनु भएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सामबारको बैठकमा बोल्दै मन्त्री भट्टराईले लगानी बोर्डबाट निजगढ विमानस्थलका लागि लगानी जुट्ने अवस्था नआए सरकारले निर्माणकार्य अगाडि बढाउने बताउनुभयो । उहाँले लगानीको विषयमा लगानी बोर्डका पदाधिकारीसँगको छलफल पछि थप निर्णय लिने पनि बताउनुभयो । बैदेशिक लगानी नआए के गर्ने भन्ने चिन्तामा सरकार नरहेको भन्दै मन्त्री भट्टराईले सरकार ब्याकअपमा बसेर काम गरिरहेको बताउनुभयो ।

आगामी मंसिरसम्म निजगढ विमानस्थलको शिलान्यासको घोषणा गरेका मन्त्री भट्टराईले पूर्व तयारीका काम सम्पन्न गरेर शिलान्यास गरिने सरकारको योजना रहेको पनि बताउनुभयो । समितिमा बोल्दै मन्त्री भट्टराईले सरकारले बनाउनु पर्ने अवस्था आए नेपाली प्राविधिकहरुले बनाउने जानकारी दिनुभयो । नेपाली प्राविधिकहरु पनि अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले कर्मचारीहरुलाई विश्वास गर्नुपर्ने बताउनुभयो ।

मन्त्री भट्टराईले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माण अघि त्यस क्षेत्रको बस्तीलाई ब्यबस्थीत गरिने पनि बताउनुभयो । बिस्थापित हुने सबै नेपाली दाजु—भाइ नै भएकोले अन्याय नहुने गरि ब्यबस्थापन गर्ने सरकारको प्रतिबद्धता रहेको बताउनु भयो ।

मन्त्री भट्टराईले विमानस्थल बनाउँदा १ हजार ९ सय हेक्टरभित्र आधारभूत संरचना बन्ने जानकारी दिदै वृक्षारोपणको कामलाई महत्वका साथ अघि बढाउने बताउनुभयो । विमानस्थल निर्माण गर्दा रुख काट्नुअघि वृक्षारोपण गर्ने सरकारको तयारी रहेको छ । निजगढ विमानस्थल निर्माण कार्यमा करिब ६ लाख रुख काटिने प्रतिवेदनमा उल्लेख छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: