×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रभु इन्सुरेन्सको खुद नाफा ९.८० प्रतिशतले बढ्दा किन घट्यो प्रतिसेयर आम्दानी ? रिजर्भ कोषमा कति ?

काठमाडौँ । प्रभु इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधि सम्म पुग्दा कम्पनीले बिमा कोष २९ प्रतिशतले बढाएर ५८ करोड ४७ लाख रुपैयाँ जम्मा गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ४५ करोड १६ लाख रुपैयाँ रकम रहेको थियो । 
यस्तै असार मसान्त सम्म कम्पनीले खुद नाफा ९.८० प्रतिशतले बढाएर २६ करोड ६२ लाख १३ रुपैयाँ कमाएको सार्वजनिक गरेको विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा २४ करोड २२ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको थियो । विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क पनि ९.११ प्रतिशतले बढेर ५० करोड ३५ लाख रहेको छ । अघिल्लो वर्ष को सोही अवधिमा कम्पनीले ४६ करोड १४ लाख रुपैयाँ खुद बिमा शुल्कबाट आर्जन गरेको थियो । 
त्यसैगरी कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ लाख रहेको छ भने रिजर्भ कोषमा २८ करोड ४५ लाख जम्मा भएको विवरणमा उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँले घटेर २६ रुपैयाँमा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ भने १८६ रुपैयाँ रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: