×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम बैंकका सीइओ मानन्धरको मुद्धा प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाले हेर्ने, आज पनि सुनुवाई हुने सम्भावना न्यून !

काठमाडौँ । प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले सर्बोच्चमा दर्ता गरेको मुद्धा प्रधानन्यायधिश चोलेन्द्र शमशेर राणाले हेर्ने भएका छन् । सो मुद्धाको लागि प्रधानन्यायधीस राणाले मंगलबार आफ्नो एकल इजालसमा लागि पेशी तोकेका छन् ।
राष्ट्र बैंकले जारी गरेको परिपत्र कानुन बमोजिम नभएको भन्दै प्राइमका सिइओ मानान्धरले साउन २२ गते बुधबार नेपाल राष्ट्र बैंक बिरुद्ध मुद्धा दर्ता गराएका थिए । उनले २२ गते दर्ता गराएको मुद्धाको सर्बोच्चले २३ गते नै पेशी तोकेको भएपनि समय थोरै भएको कारण मुद्धाले पेशी चढ्न नसकेको बताइएको छ । उनको मुद्धा आज पनि ३६ नंम्बरमा रहेकाले मुद्धाको सुनुवाई हुने सम्भावना निकै न्यून रहेको जानकारहरुले बताएका छन् ।
नेपाल राष्ट्र बैंकले गत २० गते सोमबार परिपत्र जारि गर्दै बैंकका सिइओ र अध्यक्षलाई उमेरहद लागु गरेपछि मानन्धरसहित एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठ र नविल बैंकका अध्यक्ष शम्भु प्रसाद पौडेल पदमुक्त भएका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: