×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१३ वटा वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, कसको अवस्था कति बलियो ?

काठमाडौँ । २८ वाणिज्य बैंकमध्ये १३ वटा बैंकले आर्थिक वर्ष २०७५/७६ चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकहरुले अधिकाशं महत्वपूर्ण सूचकहरूमा सुधार ल्याएको देखिएको छ । कुमारी बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, ग्लोबल आईएई बैंक, नेपाल बैंक, सानिमा बैंक, माछापुच्छ बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सिटिजन्स बैंक, कृृषि विकास बैंक, बैंक अफ काठमाण्डू र नेपाल एसबिआई बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् । 
वित्तीय विवरण सार्वजनिक गरेका १३ वटा बैंकमध्ये १२ वटा बैंकले खुद नाफा बढाएका छन् । सबैभन्दा धेरै नाफा प्रभु बैंकले कमाएको छ सबै भन्दा कम नाफा नेपाल बैंकले कमाएको छ । प्रभु बैंकको नाफा ११२.०४% वृद्धि हुँदा नेपाल बैंकको १८.७७ % ले गिरावट आएको छ । क्रमश बैंक अफ काठमाण्डूको ४६.७०%, माछापुच्छको ३६.३२ %, लक्ष्मीको ३३.४३%, ग्लोबलको ३३.०२ %, सानिमाको ३२.१५%, कुमारीको २८.०४%, सिद्धार्थको २१.२५ %, सिटिजन्सको २०.६० %, कृषिको १९.९९ %, एभरेष्टको १७.९९ % र नेपाल एसबिआईको १३.८४ % ले नाफा वृद्धि भएको छ ।
१३ वटा बैंकमध्ये  १० बैंकको चुक्ता पूँजी वृद्धि भएको छ भने ३ बैंकको गत वर्षको चुक्ता पूँजीमै कायम भएको छ । यस अवधिसम्म आउदा सबैभन्दा धेरै चुक्ता पूँजी कृषि विकास बैंकको रहेको छ भने सबैभन्दा कम सानिमा बैंकको रहेको छ । यो अवधिमा पुग्दा नेपाल बैंकले चुक्ता पूँजी सबैभन्दा धेरै वृद्धि भएको छ ।  
आर्थिक वर्ष २०७५/७६ चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये  १२  वटाको खुद ब्याज आम्दानी वृद्धि भएको छ भने नेपाल बैंकको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । खुद ब्याज आम्दानीमा बढाउनेमा सबैभन्दा अगाडी प्रभु बैंक रहेको छ । यो बैंकले ६२.१४% ले खुद ब्याज आम्दानी बढाएको छ । क्रमश कुमारीले ४८.५४%, सिद्धार्थले ३६.०१%, सानिमाले ३५. ९६%, ग्लोबलले ३३.३१%, लक्ष्मीले ३०.५४%, माछाले २९.२०%, सिटिजन्सले २६.७४%, बैंक अफ काठमाण्डूले २३.३८%, एभरेष्टले १५.७४%, नेपाल एसबिआईले १४.६५% र कृषिले ७.६१%  खुद ब्याज आम्दानी बढाएका हुन् । 
यस्तै १२ वटा बैंकले प्रतिसेयर आम्दानी बढाएका छन् भने नेपाल बैंकको प्रतिसेयर आम्दानी १२.८६ पैसाले घटेको छ । सबैभन्दा धेरै प्रतिसेयर आम्दानी कृषि विकास बैंकको रहेको छ । क्रमश:  एभरेष्टको ३७.९५, सानिमाको २८.०४, नेपाल एसबिआईको २७.२६, ग्लोबल २७.११, सिद्धार्थको २६.५९, प्रभुको २४.१८, बैंक अफ काठमाण्डूको २४.०४, माछाको २१.१५, सिटिजन्स १७.७९, लक्ष्मी १७.६७ र कुमारीको १५.३६ पैसाले बढाएका हुन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: