×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रविको कार्यक्रम आउने समयमा न्यूज २४ले खाली कुर्सी मात्र देखायो, रविका ट्वीट फ्ल्यास न्यूजमा !

काठमाडाैं । पत्रकार रवि लामिछाने पक्राउ परेका छन् । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको हो । रवि पक्राउ परेपछि न्यूज २४ले खाली कुर्सीमात्र देखाएको छ भने रविका भनाइ फ्ल्यास न्यूजमा राखेको छ । 

प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसँगै युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले लामिछानेलाई नियन्त्रणमा लिएको डिआइजी शैलेश थापाले पुष्टि गरे। । उनलाई अनुसन्धानका लागि काठमाडौंबाट चितवन लगिँदै छ।
उनी पक्राउ परेपछि सिधा कुरा जनतासँग कार्यक्रम अवरुद्ध भएको छ ।

उनलाई थमाइएको पक्राउ पूर्जीमा घटनासम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको उल्लेख छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: