पत्रकार आत्महत्या प्रकरण : रवि लामिछानेसहित ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्ने प्रहरीको तयारी ?

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएसँगै यो प्रकरणले अहिले बजार तातेको छ । सार्वजनिक भएको भिडियोमा पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने लगायत अन्य ३ जनाका कारण आफु आत्महत्या गर्न बाध्य भएको बताएका छन् । 

यता प्रहरीले भने ३ जनालाई पक्राउ गरी अनुसन्धान गर्न लागिएको बुझिएको छ। चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार सार्वजनिक भएको भिडियोबारे घटना भएदेखि नै अनुसन्धान भइरहेका छौं । 'हामी किटानी जाहेरी कुरीरहेका छौँ । अब पीडित परिवारले किटानी दिए नाम लिएका माथि पक्राउ गरेर अनुसन्धान हुन्छ ।’ मल्लले भने । 

 भिडियो सार्वजनिक भएसँगै रवि लामिछाने, दीपक बोहोरा, युवराज र नर्स अस्मिता कार्कीमाथि प्रहरीले अनुसन्धान गर्ने जनाएको छ ।
प्रकाशित मिति : Wednesday, August 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal