×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बचतकर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकलाई अर्थमन्त्री खतिवडाको चेतावनी (भिडियो रिपोर्ट)

काठमाडौँ । अर्थमन्त्री युवराज खतिवडाले बचत कर्ताको निक्षेपमा खेलवाड नगर्न राष्ट्रिय बाणिज्य बैंकला सचेत गराउनु भएको छ । बुधबार राष्ट्रिय बाणिज्य बैंकको १४ वटा शाखाहरुको एकै पटक उद्घाटन गर्ने कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले बैंकले बचत कर्तालाई न्याय दिन निक्षेपमा खेलवाड नगर्न सचेत गराउनु भएको हो । अर्थमन्त्री खतिवडाले राष्ट्रिय बाणिज्य बैंकको आधार दर सबै बाणिज्य बैंकको तुलनामा कम रहेको प्रति अचम्म मान्दै यसलाई निक्षेप कर्ता माथिको खेलबाड भएको बताउनु भएको हो । बैकहरुमा आउने तरलताको संकट पनि बचत कर्ताको निक्षेप माथिको अन्यायले गर्दा आउने भएकोले आधार दर बढाएर न्याय गर्न निर्देशन दिनुभयो ।

कार्यक्रममा अर्थमन्त्री खतिवडाले बैंकिंग कार्यक्रमहरु संचालन गर्दा समय समयमा मध्यकालीन योजना ल्याएर परिमार्जन गर्न सुझाव दिनु भयो । बैंक स्वायत्त संस्था भए पनि जिम्मेवारी र जवाफदेहि बन्न पनि अर्थ मन्त्रीले आग्रह गर्नुभयो । बैंकले गर्ने काम कारबाही बारे संसदमा प्रश्न उठ्दा अर्थमन्त्रीले जवाफ दिनु पर्ने भन्दै राष्ट्रिय बाणिज्य बैंकले आफ्नो स्वयत्ततालाई जिम्मेवारी पुर्वक निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अर्थ मन्त्रि खतिवडाले प्रदेश १मा २ वटा प्रदेश २मा ५ वटा प्रदेश ३मा २ वटा गण्डकी प्रदेशमा ४ वटा प्रदेश ५ मा १ वटा राष्ट्रिय बाणिज्य बैंकका शाखा हरुको उद्घाटन गर्नु भएको थियो। शाखा विस्तारसँगै राष्ट्रिय बाणिज्य बैंक मुलुकका सबै ७७ जिल्लामा पुग्ने पहिलो बैंक बनेको छ । थपिएका शाखासहित बैंकको कुल शाखा संख्या २३६ पुगेको छ । हेर्नुहोस भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: