राष्ट्रिय योजना आयोगका कर्मचारी सिंहदरबारभित्र मृत अवस्थामा फेला !


काठमाडौं । सिंहदरबार भित्र एक कर्मचारी मृत भेटिएका छन् । राष्ट्रिय योजना आयोगका नायब सुब्बा बच्चु केसीको शव सिंहदरबार भित्र फेला परेको प्रहरीले जनाएको छ । केसीले विष सेवन गरी आत्महत्या गरेको बताइएको छ । 

महानरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले आयोग कार्यालयमा शव भेटिएको सूचना आएपछि प्रहरी टोली गएर अनुसन्धान थालेको बताए । 

अहिले केसीको शव पोस्टमार्टमका लागि महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरीका प्रमुख उत्तम सुवेदीले जानकारी दिए । 
प्रकाशित मिति : Tuesday, August 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal