आज पनि छुटेनन् संचारकर्मी रवि लामिछाने, कारण यस्तो !

काठमाडौं । संचारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की आज पनि हिरासतमै रहने भएका छन् । आज (आइतबार) अस्मिता कार्कीको मात्र बयान सकिएको जिल्ला अदालत चितवनले जनाएको छ । साथै लामिछाने र कँडेलसँग भोली बिहान बयान लिइने भएको छ । लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइएको हो ।

तीनै जनालाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र समेत दर्ता गराएको थियो ।
प्रकाशित मिति : Sunday, August 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal