×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्रिय बाणिज्य बैंकको ब्रान्ड एम्बासडरमा मिस नेपाल अनुष्का श्रेष्ठ नियुक्त, वित्तीय साक्षरता वृद्धि हुने विस्वास ! (भिडियो रिपोर्ट)

काठमाडौँ । मिस नेपाल अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । सोमबार राष्ट्रिय बाणिज्य बैंकले आफ्नो केन्द्रिय कार्यालयमा एक कार्यक्रमका बीच मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठलाई ब्रान्ड एम्बासडरको रुपमा नियुक्त हो । बाणिज्य बैंकले आफ्नो व्यवसाय प्रवद्र्धनमा मिस नेपाल अनुष्का श्रेष्ठको सहभागिताले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ । कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई एम्बासरडर नियुक्त गरिएको हो । राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ब्यबसायी र बैंकका ग्राहक तथा सर्वसाधारण मा भएको बिगतको छविलाई यो सम्झौताले सकारत्मक प्रभाव पार्ने बताउनु भयो ।
कार्यक्रममा मिस नेपाल श्रेष्ठले सरकारी स्वमात्विमा रहेको बाणिज्य बैंक र यसले बनाएको कार्यक्रमले आफुलाई उत्साही बनाएको प्रतिक्रिया दिनुभयो । आफ्नो सहभागिताले जन मानसमा आर्थिक साक्षरता वित्तीय साक्षरता वृद्धि गर्न सहयोग पुग्ने विश्वाश लिएको बताउनु भयो ।
सम्झौतापत्र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले हस्ताक्षर गर्नुभएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: