×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

Exclusive: रिलायबल नेपाल लाइफ इन्स्योरेन्सभित्र काण्डै काण्ड, नामदेखि कामसम्म विवादै विवाद (भिडियो)

काठमाडौँ । रिलायबल लाइफ इन्स्योरेन्स उर्फ रिलायबल नेपाल लाइफ इन्स्योरेन्स । इन्स्योरेन्सको नाम सुन्दै अरु कसैको ब्राण्ड खोस्न खोजेको भान हुने नाम । रिलायबल दर्ता हुनुअगावै थुप्रै बर्ष अघिदखि नेपाल लाइफ इन्स्योरेन्स संचालनमा छ र नेपाल लाइफले राम्रो व्यापार गरिरहेको छ बजारमा । लाइफ इन्स्योरेन्समा नम्बर वान नेपाललाइफको ब्राण्डको दुरुपयोग गर्दै नाम दर्ता भएको छ । कम्पनी ऐन २०६३ले स्पष्ट भन्छ, २५ प्रतिशतभन्दा बढी नाम मिल्यो भने उक्त कम्पनीको नाम स्वीकृत हुँदैन । तर ठुला घरानाले लगानी गरेको कम्पनी भएपछी कसले कानुन हेर्ने ? यसो त कम्पनी ट्रेडमार्क कानुन विपरित पनि गएको छ । नेपाल लाइफ इन्स्योरेन्सको नाम ट्रेडमार्कमा दर्तासमेत भइसकेको अवस्थामा कम्पनीले यसरी गलत नाम दर्ता गरेर जनता झुक्याउने काम गरेको छ ।
‘नामले के नै हुन्छ र ?’ तपाईंको प्रश्न हुन सक्छ । तर घटना र आरोप यस्ता पनि छन् कि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स्का अभिकर्ताहरुले रिलायबललाई नेपाल लाइफ फुटेको समेत भन्न भ्याएका छन्। यसरी अरुको ब्राण्डको चर्को दुरुपयोग गरिरहेको छ रिलायबलले । कम्पनीले यतिसम्म चलाखी गरेको छ कि लोगोमा उसले रिलायबल लाइफ इन्स्योरेन्स मात्र राखेको छ तर आफ्नै सम्पूर्ण कागजी कामकाजमा रिलाबल नेपाल लाइफ इन्स्योरेन्सको नाम झुन्डाएर सोझा वीमा कर्तालाई झुक्याउन खोजेको छ । अझ मुख्य कुरा त उसको नाम नै कम्पनी ऐन २०६३ र ट्रेडमार्क कानुन अनुसार गैरकानुनी छ । 
अव लागौं रिलायबलको अडिट विवादतर्फ । लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड चार्टड एकाउन्टेन्ट्स संस्थाको प्रचलित नियम र संस्थाले जारी गरेको कोड अफ इथिक्सले पनि गलत भन्ने काम रिलायबलमा भएको छ । रिलायबलका अध्यक्ष चार्टड एकाउन्टेन्ट राजु शिवाकोटी हुन् । यसअघि उठाएको भ्याटसमेत नतिरेर विवादमा आएका उनले केहि समय अघि मात्र पार्टनरशिप गर्ने भनेर प्रक्रिया अगाडी बढाएका बिजय घिमिरे यसका अडिटर छन् । कुरा यो पनि महत्वपूर्ण होइन तर कम्पनीको लेखापरिक्षण भइरहँदा उही बिल्डिङमा रहको अध्यक्षको सिए फर्म र अडिटरको सिए फर्मले उही फोन नम्बर चलाएको देखिन्छ । र अहिले पनि दुवै सिए फर्मका वेव साइटमा उही फोन नम्बर राखिएका छन् ।
यसो त रिलायबलको विवाद यतिमा मात्र सिमित छैन । पुतलीसडक स्थित कम्पनीको कार्यलयलाई लिएरसमेत कम्पनी विवादमा छ । सबैभन्दा तल रिलायबलको कार्यालय छ । माथि कम्पनीका अध्यक्षको सिए फर्म छ र त्यहाँभन्दा माथि कम्पनीका अडिटरको फर्म छ । पहिला पूरै घर अध्यक्षले लिएका थिए । पछि पार्टनरहरु बीच मनमुटाव भएपछी आफुले घरमा गरेको लाखौँको लगानी छ भनेर उनले आफ्नै कम्पनीलाई त्यहाँ ल्याएको आरोप कम्पनीकै उच्च अधिकारीहरुले लगाउने गरेका छन् । अझ रिलायबल र अध्यक्षको फर्मले घर बहाल कर बुझाएको विवरण हेर्ने हो भने निकै महँगोमा रिलायबलको कार्यालय राखिएको छ भने निकै सस्तोमा उनले आफ्नो निजी कार्यालय भाडामा लिएका छन् । यसले पनि कम्पनीको संस्थागत सुशासनमा प्रश्न उठाएको छ । रिलायबल लाइफ इन्स्योरेन्सको एचआर पनि पनि ठुलो विवाद छ। आफ्ना मान्छेमात्र कम्पनीमा छानी छानी राखेकोमात्र होइन बीमा समितिको निर्देशन विपरित इन्स्योरेन्स कम्पनीले गैर कानूनी रुपमा संस्थापकलाई कर्मचारी बनाएको आरोपसमेत कम्पनीमाथि लागेको छ । 
बाँकी विवरण भिडियोमा हेर्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: