×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सहकारी संस्था मर्जरमा जानुपर्छ : मन्त्री अर्याल (भिडियो रिपोर्ट)

काठमाडौँ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले काम नगर्ने नाम मात्रका सहकारी संस्थाहरु मर्जरमा जानुपर्ने बताउनुभएको छ । सहकारी विभागले विहिबार सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्रमा गरेको सहकारीमा एकीकरण विषयक छलफललाई सम्बोधन गर्दै मन्त्री अर्यालले नाममात्रका सहकारी मर्जरमा जानुको विकल्प नरहेको बताउनुभएको हो । संस्था धेरै दर्ता हुदैमा संस्थाको औचित्य पुष्टि नहुने भन्दै उहाँले दर्ता गरेर छोडिदिने र बर्षमा एकपटक साधारणसभा गर्ने सहकारीलाई मर्जरमा जान निर्देशन गरिने बताउनुभयो । सहकारीलाई उत्पादनमा जोडि बजारीकरणको व्यवस्था गरिनुपर्ने उल्लेख गर्दे उहाँले हैसियत नभएका सहकारी संस्थाहरु क्षमतावान र हैसियत भएकासंग मर्जरमा जानुपर्ने बताउनुभयो । उहाँले संख्या गनेर र औला भाँचेर मात्रै सहकारीको विकास र प्रवद्र्धन हुन नसक्ने भएकाले उत्पादनमुखी बनाउनका लागि मर्जर अत्यावश्यक रहेको बताउनुभयो ।
सरकारले यसअघि स्वायक्त रहेका सहकारी संस्थाहरुलाई विभिन्न ऐन मार्फत राष्ट्र बैकको अनुगमनको दायराभित्र ल्याउने प्रयास गरिरहेको छ । यसले सहकारीमा मौलाउदै गएको वेथिति अन्त्य हुने विश्वास गरिएको छ । हेर्नुहोस् भिडियो : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: