हिजो इतिहासकै महँगो भएको सुनको भाउ आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहिबार प्रति तोला ७१ हजार ५ सय मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ ।  

यस्तै बिहिबार प्रति तोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोहि मूल्यमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६१ हजार ३ सय रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २० रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Friday, August 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2020. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal