×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनिलिभर नेपालको नाफा १ अर्ब ६ करोडमाथि, अन्य महत्वपूर्ण सूचकको अवस्था कस्तो ?

काठमाडौं – युनिलिभर नेपालले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमासमा १ अर्ब ६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोहि अवधिको तुलनामा कम्पनीको यो नाफा ६.७४% ले धेरै हो । कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा ९९ करोड ९२ लाख रुपैयाँ रहेको खुद नाफा  आर्जन गरेको थियो । 
हाल यस कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख छ भने जगेडा कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले जगेडा कोषमा १ अर्ब ८१ करोड १४ लाख जम्मा गरेको थियो । 
यता कम्पनीको प्रतिसेयर आम्दानी १५० रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ ४५९ रुपैयाँले बढेर २ हजार ५२६ रुपैयाँ रहेको सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१८ रुपैयाँ थियो भने प्रतिसेयर नेटवर्थ २ हजार ६७ रुपैयाँ थियो । 
यस्तै कम्पनीले अन्य स्रोतहरुबाट ५१ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ भने कम्पनीसेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ ।  कम्पनीको रिजर्भ कोषमा २ अर्ब २३ करोड ३५ लाख रुपैयाँ जम्मा भएको छ । यस कम्पनीको ३ अर्ब ९४ करोड ४२ लाख रुपैयाँ बराबरको सम्पत्ति तथा दायित्व रहेको छ। 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: