×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण हुन्छ : यातायातमन्त्री महासेठ ! (भिडियो रिपोर्ट)

काठमाडौं । सरकारले काठमाडौंको ट्राफिक जाम हुने मुख्य–मुख्य स्थानमा ‘ओभरहेड ब्रिज’ निर्माण गर्ने घोषणा गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठले काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चावहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माण गर्ने घोषणा गर्नु भएको हो । त्यसका लागि आवश्यक डिजाईनको काम सुरु भईसकेको मन्त्री महासेठको भनाई छ । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले चालू आर्थिक वर्ष भित्र काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन गर्ने योजना पनि अघि सार्नुभयो । उहाँले त्यसका लागि सरकारले आवश्यक बजेटको समेत व्यवस्था गरिसकेको पनि बताउनुभयो ।
मन्त्री महासेठले सरकारले काठमाडौंलाई एक वर्ष भित्र सुन्दर सहरको रुपमा विकास हुने गरी पूर्वाधार निर्माणको कामलाई सम्पन्न गर्ने लक्ष्य बनाएको दावी पनि गर्नुभयो । उहाँले मुलुकमा रेल सेवा संचालनका लागि रेलमार्ग निर्माणको कामलाई पनि अघि बढाइएको बताउनुभयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: