एटिएम ह्याकका घटना बढेसँगै प्रहरीले बैंकका सिईओहरुलाई बोलाएर गर्यो यस्तो छलफल !

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुसँग छलफल गरेको छ । नेपालका बैंकका एटिएम ह्याकका घटना बढेसँगै प्रहरीले ३१ ओटा बैंकका सिईओहरुलाई बोलाएर छलफल गरेको हो ।

प्रहरीले चाडपर्वको समयमा बैंकको सुरक्षा चूनौती संवेदनशील हुने भएकाले यसतर्फ सचेत रहन समेत बैंकहरुलाई सुझाव दिएको छ । पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा बढिरहेको अपराधका सम्बन्धमा बैंकको डिजिटल प्रणालीको सुधार र भौतिक सुरक्षाका विषयहरुमा छलफल भएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । 

साथै बैंकले विभिन्न स्थानमा सञ्चालनमा ल्याएका एटिएम बुथको सुरक्षामा ध्यान दिन र बैंकिङ प्रणालीमा शंकास्पद गतिविधि भए तत्काल सूचना दिन पनि आग्रह गरेको छ ।
प्रकाशित मिति : Monday, September 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal