×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

दशैंका लागि असोज १० गतेदेखि १७ गतेसम्म नयाँ नोट सटही गर्न सकिने, कहाँ – कहाँबाट पाइन्छ साट्न ?

काठमाडौं । नेपालीहरुको महान पर्व दशैंको अवसरमा नेपाल राष्ट्र बैंकले असोज १० गतेदेखि १७ गते नयाँ नोट सटही गर्ने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका एक/एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार १०० रुपैयाँ नयाँ नोट सटही गर्ने भएको हो । 
राष्ट्र बैंकका अनुसार सबै वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट सटही हुनेछ । नेपाल राष्ट्र बैंकका सबै कार्यालयहरु र राष्ट्र बैंकले तोकेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक निश्चित शाखाबाट सर्बसाधारण जो कोहीले पनि नयाँ तथा सुकिला नोट सटही गर्न सक्नेछन । 
नेपाल बैंकको न्यूरोड, कीर्तिपूर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर, राष्ट्रिय वाणिज्य बैंकको सिंहदरवार, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट नयाँ नोट लिन सकिनेछ भने कृषि विकास बैंकको गौशला, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाहरुबाट नयाँ नोट लिन सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: