एटिएम ह्याक प्रकरण : यसरी समातिएका रहेछन् चाइनिज चोरहरु, पढ्नुहोस् नालीबेली !

काठमाडौँ । एटिएम ह्कायाक प्रकरणमा तीन बुथहरु प्रयोग भएको खुलासा भएको छ । प्रहरीले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।  घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौँमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी उत्तमराज सुवेदीले ह्याकरहरुले पैसा चोर्न हिमालयन बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड र नबिल बैंक लिमिटेडको एटिएम बुथ प्रयोग गरेको बताएका छन् । 

नबिल बैंकले शनिवार बिदा पर्ने भएकाले शुक्रबार एटिएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको थियो । तर शनिबार नै नबिल बैंकको कमलादीका दुबै एटिएम खाली भएको देखियो। अस्वभाविक रुपमा एटिएममा पैसा सकिएपछि त्यहाँ खटिएका कर्मचारीले आफ्नो सुपरभाइजरलाई खबर गरे । त्यसपछि घटना सार्वजनिक भयो। प्करहरीका अनुसार कमलादी शाखाबाट पैसा झिकेका मान्छेहरु नै नबिल बैंकको दरबारमार्ग तीनधारास्थित केन्द्रीय कार्यालयमा पनि आएर पैसा झिक्न थालेका थिए।

बैंक कर्मचारीको जानकारी पाएलगत्तै पुगेको दरबारमार्ग, कमलपोखरी र सोह्रछुट्टको प्रहरी टोलीले सुरुमा नबिल बैंकको दरबारमार्ग एटिएम बुटबाट एक चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो  । त्यसपछि सोधपुछ र सर्च गर्ने क्रममा अन्य चारजना होटलबाट पक्राउ परे ।
प्रकाशित मिति : Sunday, September 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal