नबिल बैंकका राजीवको 'त्यो कल', जसले बैंकहरुलाई ठूलो दुर्घटनाबाट जोगायो...!

काठमाडौँ । शनिबार डीएसपी होविन्द्र बोगटीको मोबाइलको एक बैंकरको फोन आउँछ । फोन थियो दिनेश थकालीको । दिनेश थकाली अर्थात प्रभु बैंकका चिफ अपरेशन अफिसर । ‘बैंकको एटिएम सिस्टमा केही असाधारण गडबडी देखिएको छ। एउटा मान्छेले पटक–पटक असाधारण रुपमा एटीएम कार्ड प्रयोग गरेको संकेत सिस्टमले दिइरहेको छ । एटीएम सर्भिस प्रोभाइडर नेप्सबाट नबिल बैंकको दरबारमार्ग बुथमा समेत केही अनाधिकृत गतिविधि भइरहेको संकेत छ भन्ने आइटी टिमको रिपोर्ट छ ।’, थकालीले डीएसपी बोगटीलाई सूचना दिए । थकालीको सूचनापछी प्रहरी एक्सनमा होमियो। 

दिनेश थकालीले सूचनापछि परिचालन भएको डीएसपी बोगटीको टोली दरबारमार्गस्थित नबिल बैंक एटीएम बुथ पुग्दा त्यहाँ चिनियाँ नागरिक झु लियांगआंग रकम निकाल्दै थिए । प्रहरीले उनीमाथि खानतलासी गर्यो र उनको झोलाबाट २० थान नक्कली एटीएम र होटल माया मनोहर बुटिकको साँचो जफत गर्यो । प्रहरी होटल पुग्दा उनको समुहका चारजना दुई वटा सुटकेश र झोला बोकेर बाहिरिँदै थिए । प्रहरीले सबैलाई पक्राउ गर्यो । 

नबिलका राजीवबाट नेप्स हुँदै आएको थियो सूचना 
हामीले यस विषयमा दिनेश थकालीलाई सोधेका थियौँ । 'प्रहरीलाई त खबर गर्नै पर्यो । मलाई आईटिले यस्तो रिपोर्ट गरेपछि मैले प्रहरीलाई खबर गरेको हुँ' उनले भने । उनका अनुसार यसको प्रारम्भिक सूचना नबिल बैंकका 'राजीव' नाम गरेका कर्मचारीबाट नेप्स आएको थियो भने नेप्सेबाट प्रभु बैंकको आइटी विभागलाइ आएको थियो । आइटीले दिनेश थकालीलाई खबर गरेपछि उनले उनले प्रहरीलाई खबर गरेका थिए ।  'ठुलो दुर्घटना हुन पाएन । हामी त्यसैमा खुसी छौँ ।' उनले भने ।   
प्रकाशित मिति : Sunday, September 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal