×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाली एटिएममा ‘हाइटेक फ्रड’ : नबिल बैंकका कर्मचारीको चलाखीले जनताको करोडौं रुपैयाँ लुटिनबाट जोगियो !

काठमाडौं। चीनबाट आएका ह्याकरहरुले नेपालको प्रणाली ह्याक गरेर बैंकको एटिएमबाट करोडौं पैसा लुट्ने लुटेका छन् । चिनियाँहरुले भिसा र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) बीचमा बसेर एटिएमबाट पैसा लुटेको प्रहरीले जनाएको छ। 
तर नबिल बैंकको २४ घन्टे सतर्कताका कारण जनताको पैसा भने लुटिएन । नबिल बैंकले एटिएममा पैसा अभाव नहोस् र केही प्राविधिक गडवढी भए त्यसलाई तत्काल समाधान गर्न सकियोस् भनेर छुट्टीको दिनमा समेत २४सै घण्टा कर्मचारीलाई खटाएका कारण ठुलो दुर्घटनाबाट नबिल बैंक जोगिएको छ । बैंकले शनिवार बिदा पर्ने भएकाले शुक्रबार एटिएममा आइतबारसम्मलाई पुग्ने गरी पैसा हालेको हुन्छ। शनिबार नै नबिल बैंकको कमलादीका दुबै एटिएम खाली भएको देखिएपछी बैंकका कर्मचारीले सुपरभाइजरलाइ सम्पर्क गरेका थिए ।
सुपरभाइज अफिस आएर हेर्दा प्रभु बैंकको १२/१३ वटा कार्डबाट धमाधम पैसा झिकिएको दखिएपछी त्यसपछि बैंकले सिसिटिभी क्यामेराको फुटेज हेर्यो । सिसिटिभीमा ब्यागमा धमाधम पैसा हालेको देखिएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो । र यहि सूचनाका आधारमा प्रहरीले लुटेराहरुलाई समात्यो । लुटेरारुको साथबाट एक करोड ४० लाख रुपैयाँ बरामद गरिएको छ । 
घटना भएलगत्तै नबिल बैंकले प्रभु बैंकको कार्ड प्रोसेस गर्ने नेप्सलाई पनि खबर गरिदियो । चिनियाँहरुले घोटेको कार्ड भिसा प्रोसेसरमा गइ भिसाले नेप्सलाई सम्पर्क गर्छ । नेप्सेले धमाधम भुक्तानीको स्वीकृति दिएको देखिन्छ। तर नेप्स आँफैलाई भने आफूले स्वीकृत गरेको थाहा हुँदैन । भिसा र नेप्सको बिचमा बसेर चिनियाँहरुले ह्याक गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान भइरहेको छ । 
नबिलको एटिएमबाट करिव ७० लाख रुपैयाँजित पैसा निकालिएको छ । बाँकी पैसा कुन बैंकबाट निकालियो भन्ने अनुसन्धान भइरहेको छ ।
यी सामाग्री छुटे कि ?
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: