कृषि बिकास बैंक ह्याक प्रकरण : लाहान शाखाका कर्मचारी प्रहरी नियन्त्रणमा


काठमाडौं - कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ ।

अर्थ सरोकार डटकमलाई प्राप्त खबर अनुसार लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । घटनाको थप अनुसन्धान भइरहेको छ । 

प्रहरीले यस प्रकरणमा डेढ दर्जन बढीलाई पक्राउ गरिसकेको छ ।  
प्रकाशित मिति : Sunday, September 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal