×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

खोला छेउको जग्गालाई हाइवे छेउको जग्गा भन्दै ऋण दिने बैंक अफ काठमाण्डूका कर्मचारी पक्राउ !

काठमाडौँ । बैंक अफ काठमाण्डूका पूर्व कर्मचारीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । नक्कली कागजपत्रका आधारमा कर्जा प्रवाह गरी डेढ करोड रुपैयाँ अनियमितता भएको पाइएपछी अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । 
बैंक ठगी गर्ने सुरेन्द्र श्रेष्ठ र भूपेन्द्र श्रेष्ठलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो । प्रहरीका अनुसार सस्तो मूल्यको जग्गा धितोमा राखी महँगो जग्गा भएको भनेर कागजपत्र बनाई कर्जा प्रवाह गरी अनियमितता भएको प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको हो । 
खोलाछेउको जग्गालाई राजमार्ग छेउको जग्गा भएको भनेर झुक्याई कर्जा लिए/दिएको अभियोग उनीहरुमाथि रहेको सिआइबीका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले बताए । 
यसरी खुल्यो पोल !
ऋण नतिर्ने बदनियतका साथ कर्जा लिएको आरोपसमेत अभियुक्तहरुलाई लागेको छ । ऋणीले कर्जा नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएपछि मात्र एउटा भनेर अर्काे जग्गा धितोमा राखिएको तथ्य खुलेको हो । भ्यालुएटरदेखि कर्जा शाखाका कर्मचारीसमेतको मिलेमतोमा यस्तो घटना भएको आरोप अभियुक्तहरुमाथि छ । थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: