सीइडीबी हाइड्रोपावरको २५ लाख १८ हजार २३० कित्ता आइपिओ आउँदै, अनुमति लिन धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं - सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २५ लाख १८ हजार २३० कित्ता आइपिओ आउने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ दरको २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति मागेको हो । 

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले कम्पनीको यस आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल रहेको छ । आइपीओ बिक्रीपछि संस्थापक र सर्वसाधारणको सेयर रेसियो ७०ः३० हुनेछ।
प्रकाशित मिति : Wednesday, September 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal